Like us!
Follow us!

उपकार लघुवित्तको आईपीओले कति पायो रेटिङ ?

उपकार लघुवित्तको आईपीओले कति पायो रेटिङ ?

लगानी खबर, काठमाडौं - उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ ।

कम्पनीको साधारण सेयर (आईपीओ) लाई रेटिङ एजेन्सी इक्रा नेपालले ‘आईआर बीबी’ रेटिङ प्रदान गरेको हो । यस्तो रेटिङले कम्पनीले समयमा दायित्त पुरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाँउछ । 

संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड २६ लाख रूपैयाँ बराबरको १ लाख २६ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन हुनेछ ।

उक्त आईपीओ निष्कासन गर्नका लागि कम्पनीले विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

हाल कम्पनीको चुक्तापूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी ५ करोड ४६ लाख रुपैयाँ पुग्नेछ ।
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।