Like us!
Follow us!

एक्विजिशन प्रयोजनको लागि सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

एक्विजिशन प्रयोजनको लागि सिटिजन्स बैंकले तोक्यो बुक क्लोज मिति

लगानी खबर, काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रयोजनको लागि बुकक्लोज मिति ताेकेकाे छ ।

बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने प्रयोजनका लागि असार २४ गते, एक दिन बुकक्लोज गर्ने निर्णय गरेकाे हाे । बैंककाे हिजाे (असार १५ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले उक्त निर्णय गरेको हो ।

बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० गते, साेमबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियाे । 

दुवै कम्पनीकाे जेठ २७ गते सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । प्राप्तिपश्चात सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । त्यस्तै, प्राप्तिपश्चात बैंकको चुक्तापूँजी १२ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ ।

बैंकले प्रकाशन गरेकाे सूचना हेर्नुहोस् : 
 

60dc12c4195b9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।