लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले युनाइटेड फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्न नबिल बैंक लिमिटेडलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । बैंकले हिजाे (असार १५ गते, मंगलबार) मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो ।
दुवै कम्पनीकाे असार ५ गते, शनिबार सम्पन्न भएकाे विशेष साधारण सभाले प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए । नबिल बैंक र युनाइटेड फाइनान्सबीच प्राप्ति सम्बन्धी सम्झौतामा वैशाख १७ गते हस्ताक्षर भएको थियो ।
युनाइटेड फाइनान्सलाई नबिल बैंकले १०० बराबर ३५ को सेयर स्वाप रेसियोमा प्राप्त गर्न लागेकाे हाे । जस अनुसार युनाइटेड फाइनान्सको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि नबिल बैंक लिमिटेडको नाममा ३५ कित्ता सेयर प्राप्त गर्नेछन् ।
युनाइटेड फाइनान्सलाई प्राप्ति गरेपश्चात नबिल बैंकको चुक्ता पुँजी १३ अर्ब ८५ करोड रूपैयाँ पुग्नेछ ।
कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।