Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सको लिलाली सेयर आजबाट खुल्यो, मूल्य कति ?

प्रिमियर इन्स्योरेन्सको लिलाली सेयर आजबाट खुल्यो, मूल्य कति ?

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको संस्थापक सेयर आज ( असार १६ गते, बुधवार) देखि लिलामीमा बिक्री खुल्ला भएको छ ।

कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो । 

उक्त सेयरको न्यूनतम मूल्य ६ सय रुपैयाँ तोकिएको छ । त्यसैले लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरि बोलकबोल गर्नुपर्नेछ । 

उक्त सेयरमा योग्य इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले कम्पनीले खरिदका लागि बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले उक्त सेयरमा

लगानीकर्ताले न्यूनतम ५ सय कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आजदेखि असार २५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । 

कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60dbe728af20a.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।