Like us!
Follow us!

ऋणदाताको निधन भएपछि मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

ऋणदाताको निधन भएपछि मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

लगानीखबर, सल्यान । मुक्तिनाथ विकास बैंकले ऋणदाताको निधन भएपछि मृतकको ऋण मिनाहा गरेको छ । बैंकको कार्यालय थारमारे सल्यानबाट ऋण लिएकी ऋणदाता दीपा रावतको बिरामी भएर ३९ वर्षको उमेरमा मृत्यु भएपछि बैंकले तिर्न बाँकी साँवा र व्याज रकम मिनाहा गरेको हो ।

बैंकले अगाडी तिरी सकेको साँवा व्याज तथा काजकिरिया बापतको रकम समेत हस्तान्तरण गरेको छ । तिरिसकेको सावाँ र व्याज बापतको रकम १ लाख ६४ हजार २ सय ३३ रुपैयाँ र काजक्रीया बापतको रकम ५ हजार रुपैयाँ हस्तान्तरण गरेको बैंकले जनाएको छ । बैंकले मृतकले तिर्न बाँकी रहेको कर्जा १ लाख १७ हजार २ सय १९ रुपैयाँ पनि मिनाह गरेको हो।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।