Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन, ९१% आवेदकको हात खाली हुने !

जीवन विकास लघुवित्तको आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन, ९१% आवेदकको हात खाली हुने !

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ)मा हालसम्मकै सर्वाधिक आवेदन परेको  छ। कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २० लाखभन्दा धेरै आवेदन परेको छ । जुन हालसम्मकै धेरै हो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन आज (असार १५ गते, मंगलबार) बेलुका ५:४५ बजेसम्ममा २० लाख ८४ हजार ७ सय ६२ जना आवेदकले ३ करोड १२ लाख ६६ हजार २६० कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा  १६.९१ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो । सो अनुसार कुल आवेदक मध्ये ९१.१३ प्रतिशतले शेयर नपाउने देखिन्छ ।  तर अन्तिम तथ्यांक आउन बाँकी भएकाे हुनाले थाेरै तलमाथि हुन सक्नेछ ।

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको थियाे ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।