Like us!
Follow us!

नागरिक लगानी कोषद्वारा थप प्रतिफल दिने घोषणा

नागरिक लगानी कोषद्वारा थप प्रतिफल दिने घोषणा

लगानी खबर, काठमाडौं - नागरिक लगानी कोषले कर्मचारी वचत वद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट एक प्रतिशत थप प्रतिफल दिने भएको  छ ।

अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ अनुसार २०७७ असार मसान्तसम्मका उक्त कोषमा सहभागीहरूको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने तथा त्यसका लागि १ अर्ब ३ करोड रुपैयाँ विनियोजन गरिएको कोषले जनाएको छ ।   यस प्रयोजनका लागि करिव १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई वितरण हुने कोषका सूचना अधिकारी उद्धव सिलवालले बताएका छन् । 

यसबाट सहभागीहरुलाई विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असरबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुर्याउने विश्वास कोषले लिएको छ ।  

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ । कोषले यस कार्यक्रममा ब्याजदरको अतिरिक्त थप प्रतिफल निरन्तर रुपमा दिने नीति लिएको छ । साथै, नागरिक लगानी कोषबाट सञ्चालित अन्य कार्यक्रम (ट्रस्टी) हरुमा समेत आम्दानीको आधारमा थप प्रतिफल प्रदान गर्ने नीति रहेको कोषले जानकारी दिएको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।