लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) काे अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।
अर्थ मन्त्रालयका सहसचिव समेत रहेका मैनालीलाई अर्थ मन्त्रालयको हिजाे (असार १४ गते, साेमबार) को निर्णयले रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेकाे हाे । उनले पद तथा गोपनियताको सपथ ग्रहण पनि गरिसकेका छन् ।
तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि नेप्सेकाे अध्यक्ष पद रिक्त थियाे ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।