लगानी खबर, काठमाडौं - साताको तेस्रो कारोबार दिन आज (मंगलबार) सेयर बजार पुनः ओरालो लागेको छ । आइतबार र सोमबार बढेको बजारले मंगलबार फेरि ओरालो यात्रा तय गरेको हो । आइतबारदेखि बजार बढेपछि बजारले लय समातेको लगानीकर्ताले अनुमान लगाएका थिए । आज नेप्से परिसूचक र कारोबार रकम दुवैमा गिरावट आएको छ ।
असार १ गते मंगलबार नियामक निकाय नेपाल धिताेपत्र बाेर्डले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै बोर्डले गठन गरेको अध्ययन समितिले ५१ वटा कम्पनीहरुको सेयर मूल्य चलखेल गरेर वृद्धि गरिएको प्रारम्भिक रिपोर्ट तयार पारेको जानकारी दिएको थियो । त्यसपश्चात बजारले गति लिन सकेको छैन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगल सेयर कारोबार मापक नेप्से परिसूचक ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा पुगेकाे छ । नेप्से १.६५ प्रतिशतले घटेको हो । यस्तै सेन्सेटिभ परिसूचक ९.८७ अंकले घटेर ५३३.५७ मा पुगेको छ ।
मंगलबार कूल २२३ कम्पनीको १ कराेड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रूपैयाँको कारोबार भएको छ ।
आज कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक अन्य सबै उपसमूहको सेयर घटेको छ ।
मंगलबार राधी विद्युत कम्पनीले सर्वाधिक कारोबार गरेको छ । सर्वाधिक कारोबार गर्ने अन्य कम्पनीहरुमा नेशनल हाइड्रोपावर, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, अप्पर तामाकोशी हाइड्रोपावर, लुम्बिनी विकास बैंक, एनआईसी एशिया बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् ।
त्यसैगरी, ओरेन्टल होटल, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, तारागाउँ रेजेन्सी होटल, सिभिल लघुवित्त, निर्धन उत्थान लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स लागौअत कम्पनीले सर्वाधिक नाफा कमाएका छन् ।
यता प्रोगेशिभ फाइनान्स, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, बेस्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स, सेन्ट्रल फाइनान्स कम्पनी, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर, गुडवील फाइनान्स कर्णाली डेभलपमेन्ट बैंक र मल्टीपपर्स फाइनान्सका लगानीकर्ताले सर्वाधिक घाटा व्यहोरेका छन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।