Like us!
Follow us!

पुनरकर्जाको लागि आवेदन दिन हिमालयन बैंकको आग्रह

पुनरकर्जाको लागि आवेदन दिन हिमालयन बैंकको आग्रह

लगानीखबर, काठमाडौं –  हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिनका लागि आग्रह गरेको छ ।
बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको "नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधी, २०७७" को व्यवस्था बमोजिम पुनरकर्जा सुविधा प्राप्त गर्न याेग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो ।

 आवेदन भाद्र २९ गतेभित्र बुझाईसक्न बैंकले आग्रह गरेको छ । निर्धारित समयपछि प्राप्त आवेदनमा आवश्यक प्रक्रिया पुरा गरि पुनरकर्जा सुविधा प्रदान गर्न कठिन हुने भन्दै बैंकले निर्धारित समयभित्रै आवेदन दिन बैंकले अनुरोध गरेको छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।