लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे साधारण सेयर (आईपीओ) मा हालसम्मकै उच्च आवेदन परेको छ । कम्पनीकाे आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको हो । हालसम्म कम्पनीको आईपीओ १९ लाख ४६ हजारभन्दा धेरै आवेदन परेको छ ।
निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको अनुसार अन्तिम दिन मंगलबार बिहान १० बजेसम्ममा १९ लाख ४६ हजार ७ सय ३५ जना आवेदकले २ करोड ९३ लाख २१ हजार कित्ताको लागि आवेदन दिएका छन् । यो मागभन्दा १५.८६ गुणा बढी हो । यो आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।यसअघि ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ उच्च आवेदन परेको थियो कम्पनीको आईपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकली आव्दन दिएका थिए ।
जीवन विकास लघुवित्तले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आज (असार १५ गते, मंगलबार) सम्म आवेदन दिन सक्नेछन् ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।