Like us!
Follow us!

नेप्सेमा राधी विद्युतको सेयर मूल्य समायोजन, मूल्य कति ?

नेप्सेमा राधी विद्युतको सेयर मूल्य समायोजन, मूल्य कति ?

लगानी खबर, काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा राधी विद्युत कम्पनीको ३६.५% बोनस सेयरपछिको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजनपछिको मूल्य ८ सय २१ रुपैयाँ निर्धारण भएको छ । 

कम्पनीको सोमबारको अन्तिम कारोबार मूल्य १ हजार १ सय २० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । यहि मूल्यलाई आधार मानेर आज मंगलबार नेप्सेमा कम्पनी सेयर कारोबार खुल्नेछ । 

कम्पनीको वार्षिक साधारण सभा असार २९ गते हुँदैछ । सभाले संचालक समितिको बैठकले गरेको निर्णयानुसार आफ्ना सेयरधनीहरुलाई चुक्तापूँजीको ३६.५ प्रतिशत बोनस सेयर (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्तापूँजीको १४७.४२ प्रतिशत (१:१.४७५२) को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।