Like us!
Follow us!

नेशनल हाइड्रोपावरले पायाे तल्लाे इन्द्रावतीकाे एलओआइ

नेशनल हाइड्रोपावरले पायाे तल्लाे इन्द्रावतीकाे एलओआइ

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड (एनएचपीसी) ले तल्लो इन्द्रावती जलविद्युत आयोजनाकाे लाईसेन्स पाउने भएकाे छ । विद्युत विकास विभागले मागेकाे आर्थिक प्रस्तावमा नेशनल हाइड्रोपावरले सबैभन्दा बढी रकम कबाेल गरेकाले साेमबार कम्पनीलाई आसयपत्र (लेटर अफ इन्टेन्ट) दिएकाे छ ।

विभागका महानिर्देशक नवीनराज सिंहले आर्थिक प्रस्तावको मूल्यांकन सकेर बोलपत्र पेश गर्ने चारवटै कम्पनीलाई जानकारी पठाइसकेको बताए । तल्लो इन्द्रावती आयोजना बनाउन नेसनल हाइड्रोपावरसँगै वाइवा एन्ड लामा अनलि मल्टी जेभी, आरएम इन्भेष्टमेन्ट कम्पनी र लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले प्रस्ताव पेश गरेका थिए । तीमध्ये सबैभन्दा बढी रकम नेशनल हाइड्राेले प्रस्ताव  गरेकाे हाे । नेशनलले ६ कराेेड २० लाख रूपैयाँ प्रस्ताव गरेर लाईसेन्स पाएकाे हाे । 

४.५ मेगावाट क्षमताको तल्लो इन्द्रावती आयोजनाको अनुमतिपत्र (लाईसेन्स) लिएर आयाेजना बनाइरहेका बेला काम बीचमै रोकिएको थियो। काम बन्द भएपछि विद्युत विकास विभागले आयाेजनाकाे लाईसेन्स खारेज गरेकाे थियाे। लाईसेन्स खारेज भएपछि कम्पनीले करिव ६० करोड रूपैयाँ प्रोभिजनिङ गर्नु परेको हो। 

लाईसेन्स पाएसँगै कम्पनीकाे ६० कराेड फिर्ता हुनेछ । त्यसपछि  कम्पनी सबल बन्ने छ । कम्पनीले अहिलेसम्म लाभांश वितरणा गरेकाे छैन । अब लगानीकर्तालाई लाभांश बाँड्न सक्ने अवस्थामा कम्पनी पुग्ने छ । कम्पनीले लाईसेन्स पाएपछि आयाेजना िनर्माण गर्न हकप्रद निस्कासन गर्न सक्ने छ । 

नेशनल हाइड्रोले ३१ मेगावाटको इखुवा खोला पनि निर्माण गर्दैछ। इखुवा खोलामा माछापुच्छ्रे बैंकको लिडमा माछापुच्छ्रेले ७० करोड, नेपाल एसबीआइ बैंकले ५० करोड र ज्योति विकास बैंकले ४८ करोड रुपैयाँ ऋण दिने सम्झौता भइसकेको छ। परियोजनाको लागत २ अर्ब २० करोड रुपैयाँ अनुमान गरिएको छ। इखुवा खोलामा नेशनल हाइड्राेकाे ६७ प्रतिशत लगानी छ। 

कम्पनीले आयाेजना बनाउन लिएकाे सबै ऋण भुक्तानी भइसकेको छ। लाईसेन्स पाएपछि प्रोभिजन भएकाे रकम फिर्ता भएपछि वासलात धनात्मक बन्ने छ । नेशनल हाइड्राेका अध्यक्षा कुमार पाण्डेले लाभांश बाँड्ने हैसियतमा कम्पनी पुगेकाे बताए । 

नेशनल हाइड्राेका लगानीकर्ताले आयाेजना निर्माण भएको २० वर्षपछि पहिलाेे पटक लाभांश पाउने छन्। नेशनल हाइड्राेकाे सेयरमा पछिल्लाे समय निकै आकर्ण देखिएकाे छ । पछिल्लाे ५२ हप्तामा ४९ रूपैयाँसम्म झरेकाे नेशनलकाे सेयर साेमबार ३३२ रूपैयाँमा बन्द भएकाे छ । नेशनलले लाईसेन्स पाउने आशमा केही दिन यता यस कम्पनीकाे काराेबार उच्च भएकाे छ । साताकाे पहिलाे  सेयर काराेबार दिन नेशनल हाइड्राे काराेबार रकमकाे आधारमा पहिलाे नम्बरमा थियाे । साेमबार पनि टप १० भित्र परेकाे छ ।

कम्पनीकाे प्राेभिजन गरिएकाे रकम राइट ब्याक हुनासाथ कम्पनीकाे बासलात धनात्मक हुने छ । सँगै कम्पनीकाे प्रतिसेयर आम्दानी पनि ५२ रूपैयाँ हुने छ । ३३२ रूपैयाँ प्रतिकित्ता सेयर मूल्य भएकाे कम्पनीकाे प्रतिसेयर आम्दानी ५२ रूपैयाँ निकै उच्च हाे । यसले कम्पनीकाे सेयर मूल्यमा धेरै प्रभाव पर्न सक्छ । लामाे समय विवादकाे भुमरीमा फसेकाे नेशनल हाइड्राे सवल नेतृत्व पाएपछि लगानीकर्ताकाे राेजाइमा पर्ने कम्पनी बन्न पुगेकाे छ ।

60d9c6f401aa7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।