Like us!
Follow us!

राष्ट्र उत्थान लघुवित्तले आईपीओ निष्कासन गर्न कसलाई चुन्यो बिक्री प्रबन्धक ?

राष्ट्र उत्थान लघुवित्तले आईपीओ निष्कासन गर्न कसलाई चुन्यो बिक्री प्रबन्धक ?

लगानी खबर, काठमाडौं - राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्नका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट नायब कार्यकारी निर्देशक  जया लाेहनी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।

संस्थाले १०० रुपैयाँ अंकित दरका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता  आईपीओ निष्कासनको तयारी गरेको हो। 

इक्रा नेपालले राष्ट्र उत्थान लघुवित्तलाई (इक्रा–आईआर) बीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङ प्राप्त गर्ने नियकाहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।