Like us!
Follow us!

जीवन विकास लघुवित्तको आईपीओ आवेदनको ओइरो, अहिलेसम्म कति पर्यो ?

जीवन विकास लघुवित्तको आईपीओ आवेदनको ओइरो, अहिलेसम्म कति पर्यो ?

लगानी खबर, काठमाडौं - जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) मा आवेदनकाे मागभन्दा १५ गुणा बढी आवेदन परेको छ । कम्पनीले असार ११ गतेबाट बिक्री खुल्ला गरेको आईपीओमा १८ लाखभन्दा बढी आवेदकले आवेदन दिइसकेका छन् ।

सीडीएसीका अनुसार आज साँझ ५ बजेसम्म संस्थाको आईपीओमा १८ लाख ४० हजार ३७ आवेदकले कुल २ करोड ७८ लाख २६ हजार ३५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई गरिएको मागभन्दा १५.०५ गुणा बढी हो । 

संस्थाले असार ११ गते शुक्रबार बाट प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि भोलि असार १५ गते मंगलबारसम्म आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो सेयर एप र मेरो सेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।