Like us!
Follow us!

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना : रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने

फोनपेको ‘रिफर एण्ड अर्न’ अफर योजना : रिफर गर्दा २५ सयसम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने

लगानी खबर, काठमाडौं - फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ ।


जसमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्न सकिन्छ । यस योजनामा २०७८ अषाढ ३१ गतेसम्म सबैभन्दा बढी रिफर गर्नेले रू १० हजार प्राप्त गर्न सकिन्छ ।  यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढीलाई रिफर गर्नेमध्येबाट गोलाप्रथामार्फत रू १ लाख जित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँजित्न सकिनेछ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान हरू पनि किन्न सकिन्छ । 

फाेनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवाप्रदायकका मोबाईल एप्समार्फत  यसले सेवा प्रदान गर्दै आएको छ । 
 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।