Like us!
Follow us!

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ बढ्यो

सनराइज फर्स्ट म्युचुअल फण्डको न्याभ बढ्यो

लगानी खबर, काठमाडौं - सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १९ रुपैयाँ ५८ पैसा पुर्याएकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा एक रुपैयाँ ०१ पैसाले धेरै हाे । वैशाख  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ५७ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८१ करोड ७५ लाख ९ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ७७ लाख ३१ हजार रुपैयाँले धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ८१ करोड ७ लाख ७८ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, फण्डले विभिन्न प्रकारका ४५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d98a1b3e280.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।