Like us!
Follow us!

सिटिजन्स म्युचुअल फण्ड-२ को सूचीकृत सेयरमा लगानी बढ्यो, खुद सम्पत्ति मूल्य कति ?

सिटिजन्स म्युचुअल फण्ड-२ को सूचीकृत सेयरमा लगानी बढ्यो, खुद सम्पत्ति मूल्य कति ?

लगानी खबर, काठमाडौं - सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-२ ले जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ २६ पैसा पुर्याएकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा ८४ पैसाले धेरै हाे । वैशाख  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रुपैयाँ ४२ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५२ करोड ६६ लाख ६० हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ०.३० प्रतिशतले मात्र धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ५२ करोड ५० लाख ४१ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ६६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d9874b5a5d9.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।