Like us!
Follow us!

नबिल इक्विटी फण्डको न्याभ बढ्यो, सेयरमा लगानी कति ?

नबिल इक्विटी फण्डको न्याभ बढ्यो, सेयरमा लगानी कति ?

लगानी खबर, काठमाडौं – नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्विटी फण्डले २०७८ साल जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डले प्रतिइकाई खुद सम्पत्तिको मूल्य १८ रुपैयाँ ८९ पैसा पुर्याएकाे छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा १ रुपैयाँ ९० पैसाले धेरै हाे । वैशाख  मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ ९९ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी १ अर्ब ८३ करोड ४६ लाख ५४ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा १ अर्ब ६४ करोड १६ लाख ८८ हजार रुपैयाँ लगानी गरेकाे थियाे ।  

त्यस्तै, नबिल इक्विटी फण्डले विभिन्न प्रकारका ८२ वटा सूचीकृत कम्पनीको शेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d963fb29ee7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।