लगानी खबर, काठमाडौं - नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनकाे अवधिकाे लागि ११ अर्ब १० करोड रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल असाेज १२ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले १८२ दिनकाे अवधिकाे लागि १० अर्ब रूपैयाँ बराबरकाे ट्रेजरी बिल बिक्री गर्न लागेकाे हाे । उक्त ट्रेजरी बिल २०७८ साल पाैष १३ गते परिपक्क हुनेछ ।
राष्ट्र बैंकका अनुसार याे ट्रेजरी बिल आज (असार १४ गते, साेमबार) दिउँसो ३ बजे बोलकबाेल भएर भोलि (असार १५ गते, मंगलबार) बिक्री हुनेछ ।
ट्रेजरी बिलकाे बारेमा अन्य विवरण यस प्रकारकाे छ :

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।