Like us!
Follow us!

पैसा जम्मा गर्नुस् ! युनियन लाइफ इन्स्योरेन्सलाई आईपीओ ल्याउन बोर्डको अनुमति

पैसा जम्मा गर्नुस् ! युनियन लाइफ इन्स्योरेन्सलाई आईपीओ ल्याउन बोर्डको अनुमति

लगानी खबर, काठमाडौं - युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ ।

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति दिएको हो। 

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत जेठ ९ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो। धितोपत्र बोर्डको अनुमति पाएसँगै अब युनियन लाइफले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

हाल युनियन लाइफको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। 

इक्रा नेपालले आईपीओ निष्कासनका लागि युनियन लाइफले ‘(इक्राएनपी– आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।