Like us!
Follow us!

एनएमबि फिफ्टीको न्याभ बढ्यो, सेयर लगानी कति ?

एनएमबि फिफ्टीको न्याभ बढ्यो, सेयर लगानी कति ?

लगानी खबर, काठमाडौं - एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि फिफ्टीले २०७८ साल जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १९ रूपैयाँ ४३ पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा एक रूपैयाँ ९२ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १७ रूपैयाँ ५१ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी एक अर्ब ६६ करोड ७३ लाख १ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ३६ कराेड ६४ लाख रूपैयाँ भन्दा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा एक अर्ब ३० करोड ८ लाख २९ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ४५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d95145c524f.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।