Like us!
Follow us!

एनएमबि हाईब्रिड फण्ड एल-१ को न्याभसँगै सेयर लगानी पनि बढ्यो

एनएमबि हाईब्रिड फण्ड एल-१ को न्याभसँगै सेयर लगानी पनि बढ्यो

लगानी खबर, काठमाडौं - एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबि हाईब्रिड फण्ड एल-१ ले २०७८ साल जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।

जेठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १७ रूपैयाँ ०५ पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा एक रूपैयाँ २२ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १५ रूपैयाँ ८३ पैसा रहेकाे थियो ।

त्यसैगरी, जेठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ८७ करोड ७० लाख १५ हजार रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ११ कराेड रूपैयाँ भन्दा धेरै हाे । वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ७६ करोड ६९ लाख ९५ हजार रूपैयाँ लगानी गरेकाे थियाे ।

त्यस्तै, सिद्धार्थ इक्वीटी फण्डले विभिन्न प्रकारका ५५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d94d808d51d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।