Like us!
Follow us!

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा आजसम्म आवेदन दिन सकिने

एनआईसी एशिया सेलेक्ट-३० फण्डमा आजसम्म आवेदन दिन सकिने

लगानी खबर, काठमाडौं - एनआईसी एशिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने १ अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एशिया सेकेक्ट–३० (इन्डेक्स फन्ड)’ मा आवेदन दिने अन्तिम दिन आज (असार १४ गते) रहेको छ। 

फण्डले असार १० गते बिहिबारबाट बिक्रि खुल्ला गरेको उक्त इकाईमा आज बैंकिङ समयसम्म मात्र आवेदन दिन सकिनेछ । यो सात वर्ष अवधिको म्युचुअल फण्ड हो ।

एनआईसी एशिया बैंक कोष प्रवर्द्धक रहेको म्युचुअल फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् एक करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई छुट्याइएको छ ।


लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, यसमा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

60d946d2ce6d6.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।