Like us!
Follow us!

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याउने तयारी

लगानी खबर, काठमाडौं - काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केहि खुकुलो प्रावधानसहित एक साता लम्ब्याउने तयारी भएको छ ।  यसबारे निर्णय लिन उपत्यकाका ३ जिल्ला काठमाण्डौ, लतिलपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को आज (आइतबार) अपरान्ह ४ बजे बस्दैछन्।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले थप केही क्षेत्रलाई सहजीकरण गर्ने गरी एक साता थपिनेछ  । अब थपिने निषेधाज्ञामा सार्वजनिक यातायात पनि चल्ने दिने कि भन्ने विषयमा छलफल हुनेछ । 

पछिल्लो निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ। निजी सवारीसाधनका साथै ट्याक्सीहरु जोर–बिजोर प्रणालीमा चल्न दिइएको छ। काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।पछिल्लो पटक थप गरिएको निषेधाज्ञा भोलि (असार १४ गते) राति १२ बजेबाट सकिँदैछ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।