Like us!
Follow us!

अपर तामाकोशीको बिजुली राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि सुरु

अपर तामाकोशीको बिजुली राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि सुरु

लगानी खबर, काठमाडौं - राष्ट्रिय गौरवको अपर तामाकोशीबाट आज (आइतबार)देखि राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम सुरु हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरणका अनुसार आज असार १३ गतेदेखि १९ गतेसम्म आयोजना परीक्षण गरी राष्ट्रिय प्रशारणलाइनमा जोडिन लागेको हो ।  प्राधिकरणले एक सूचना प्रकाशन गर्दै सो अवधिमा खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन बन्द गरिने प्राधिकरणले जनाएको छ । 

४५६ मेगावाटमध्ये ७६ मेगावाट क्षमताको आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरि प्रसारण लाइनमा जोडिन लागेको हो ।
 
प्राधिकरणले सो समयमा प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने जनाएको छ ।

सूचना हेर्नुहोस् :- 
 

60d802d41655f.png

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।