Like us!
Follow us!

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित दुवै फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित दुवै फण्डको न्याभ बढ्यो, सेयर लगानी कति ?

लगानी खबर, काठमाडौं - एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालित एनआईबिएल प्रगति फण्ड र एनआईबिएल सहभागिता फण्डले २०७८ जेठ मसान्तको खुद सम्पत्ति मूल्य सार्वजनिक गरेका छन् ।  

जेठ मसान्तसम्म आइपुग्दा दुवै फण्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) बढेको छ ।

जेठ मसान्तमा एनआईबिएल प्रगति फण्डको न्याभ १८ रुपैयाँ ८८ पैसा कायम भएको छ । वैशाख मसान्तमा यो फण्डको न्याभ १७ रुपैयाँ ३९ पैसा रहेको थियो । वैशाख मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा १ रुपैयाँ ४९ पैसाले बढेको छ। 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा १ अर्ब १० करोड १८ लाख ९८ हजार रुपैयाँ लगानी गरेको छ । वैशाख मसान्तमा फण्डले १९ करोड ३३ लाख ४८ हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १४ करोड ८५ लाख ५० हजारले बढेको छ । यस अवधिमा फन्डले ९९ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । 

त्यसैगरी, जेठ मसान्तसम्ममा एनआईबिएल सहभागिता फण्डको न्याभ १७ रुपैयाँ ७४ पैसा कायम भएको छ । वैशाख मसान्तमा यो फण्डको न्याभ १७ रुपैयाँ ०४ पैसा रहेको थियो । वैशाख मसान्तको तुलनामा फण्डको प्रतिइकाई खुद सम्पति मूल्यमा ७० पैसाले बढेको छ। 

सो अवधिमा फण्डले सूचीकृत सेयरमा २७ करोड १५ लाख ११ हजार रुपैयाँ लगानी गरेको छ । वैशाख मसान्तमा फण्डले २८ करोड २४ लाख ७० हजार रुपैयाँ लगानी गरेको थियो । एक महिनाको अवधिमा फण्डको सूचिकृत सेयरको लगानी १ करोड ९ लाख ५९ हजारले बढेको छ । यस अवधिमा फन्डले ४५ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

फण्डले सार्वजनिक गरेकाे जेठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :

60d7da179d0f1.jpg 60d7da1d8627d.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।