Like us!
Follow us!

जर्ज फ्लोइडकाको हत्यारा प्रहरी अधिकृतलाई २२ वर्षको जेल

जर्ज फ्लोइडकाको हत्यारा प्रहरी अधिकृतलाई २२ वर्षको जेल

लगानी खबर, काठमाडौं – जर्ज फ्लोइडको हत्यारा पूर्व प्रहरी अधिकृत डेरेक चाउभिनलाई साढे २२ वर्षको जेल सजाय तोकिएको छ ।

गत वर्ष अर्थात् मेई २०२० मा अमेरिकाको मिनियापोलिस सडकमा ४८ वर्ष जर्ज फ्लोडको घाँटी थिचेर हत्या गरेको अभियोग लागेका उनलाई २२ वर्ष ६ महिना जेल सजाय तोकिएको हाे । नौ मिनेटसम्म चाउभिनले फ्लोइडको घाँटीमा घुँडाले टेकेका थिए । यस घटनापछि अमेरिकामा 'ब्ल्याक लाइभ्स म्याटर' नामको देशव्यापी आन्दोलन चलेकाे थियाे ।

मिनेसोटा कानून अन्तर्गत उनले आफ्नो दुई तिहाइ सजाय भोग्नुपर्ने भएकाे छ । उनी १५ वर्ष जेलमा बस्नुपर्नेछ । बाँकी रहेको ७ वर्ष उनी रेखदेखका लागि योग्य हुनेछन् । 

चाउभिनले पदको दुरुपयोग गरेको तथा फ्लोइडमाथि क्रुरता देखाएका कारण यस्तो सजाय तोकिएको न्यायाधिशले बताएका छन् । फ्लोइडको परिवार र उनका समर्थकहरुले न्यायाधिशले दिएका यो फैसलाको स्वागत गरेका छन् । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।