Like us!
Follow us!

आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न सेबोनबाट अनुमति

आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न सेबोनबाट अनुमति

लगानी खबर, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आरविवि म्यूचुअल फण्ड १ निष्कासन गर्न अनुमति प्रदान गरेकाे छ ।

कोष प्रवद्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड हुने गरी “आरविवि म्यूचुअल फण्ड” अन्तर्गत संचालन हुने बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नामको योजनालाई नेपाल धितोपत्र बोर्डले निष्कासन तथा बिक्री गर्नका लागि अनुमति दिएको हाे ।

यस योजनाको आकार एक अर्ब रूपैयाँ रहेकाे छ । यसकाे समयावधि सात वर्षको रहनेछ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।