Like us!
Follow us!

तेह्रथुम पावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

तेह्रथुम पावरलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

लगानी खबर, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तेह्रथुम पावर कम्पनी लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको छ। 

बोर्डले कम्पनीलाई १०० रुपैयाँ अंकित दरका १२ करोड रुपैयाँ बराबरको कुल १२ लाख कित्ता आईपीओ निष्कासन गर्न हिजो (असार १० गते, बिहिबार) अनुमति दिएको हो। कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै गत असोज १३ गते सेबाेनमा निवेदन पेश गरेकाे थियो ।
बोर्डको अनुमति पाएसँगै अब तेह्रथुम पावरले स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। 

कम्पनीले जारी पूँजीमध्ये १० प्रतिशत अर्थात ४ लाख कित्ता (चार करोड रुपैयाँ) साधारण सेयर आयोजना प्रभावित क्षेत्र तेह्रथुम जिल्लाका स्थानीयवासीलाई बिक्री गर्नेछ भने सर्वसाधारणलाई २० प्रतिशत अर्थात् आठ लाख कित्ता (रु आठ करोड) सेयर बिक्री गर्न लागेको छ । 

कम्पनीले चुक्ता पुँजीको ३० प्रतिशत बराबरको आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ। 

60d5b9ce07996.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।