नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ऋणपत्र निष्कासन गर्न कृषि विकास बैंकलाई अनुमति प्रदान गरेकाे छ ।
बैंकले १२ अर्ब बराबरको १२ लाख कित्ता ऋणपत्र निष्कासन गर्न असार १० गते, बिहीबार सेबाेनबाट अनुमति पाएकाे हाे । बैंकले सबै ऋणपत्र व्यक्तिगत रुपमा बिक्री गर्नेछ । बैंकले ४ प्रतिशत व्याजदर भएकाे ऋणपत्र निष्कासन गर्न लागेकाे हाे । यसकाे अवधि ९ वर्ष रहेकाे छ ।
त्यसैगरी, बैंककाे उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।