लगानी खबर, काठमाडौं - कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित कुमारी इक्वीटी फण्डले २०७८ साल जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक गरेकाे छ ।
जेष्ठ मसान्तसम्ममा आइपुग्दा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) १० रुपैयाँ ७६ पैसा पुगेको छ । उक्त मूल्य वैशाख मसान्तकाे तुलनामा ४२ पैसाले बढेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे प्रतिइकाई खुद सम्पत्तिको मूल्य १० रुपैयाँ ३४ पैसा रहेकाे थियो ।
त्यसैगरी, जेष्ठ मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीको सेयरमा गरेकाे लगानी ५६ करोड २१ लाख ३३ हजार ७ सय ४६ रूपैयाँ पुगेकाे छ । उक्त लगानी वैशाख मसान्तकाे तुलनामा ३ कराेड रूपैयाँ भन्दा धेरै हाे ।वैशाख मसान्तसम्ममा फण्डले सूचीकृत कम्पनीहरूमा ४० करोड ७१ लाख ४७ हजार ८ सय २६ रूपैयाँ लगानी गरेकाे थियाे ।
त्यस्तै, फण्डले विभिन्न प्रकारका २८ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । सबैभन्दा धेरै बैंकले लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा लगानी गरेको छ ।
यस अवधिसम्म फण्डकाे बैंक मौज्दात ३० करोड ६५ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ । वैशाख मसान्तसम्मकाे तुलनामा घटेकाे हाे । वैशाख मसान्तसम्ममा फण्डकाे बैंक मौज्दातमा ४२ करोड ६४ लाख ९९ हजार रूपैयाँ रहेकाे थियाे ।
फण्डले सार्वजनिक गरेकाे जेष्ठ मसान्तकाे खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।