Like us!
Follow us!

आँधिखोला लघुवित्तद्वारा साधारणसभा आह्वान, यस्ता छन् पारित हुने एजेण्डा

आँधिखोला लघुवित्तद्वारा साधारणसभा आह्वान, यस्ता छन् पारित हुने एजेण्डा

लगानी खबर, काठमाडौं - आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चौंथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको असार १० गते बसेको सञ्चालक समितिको बैठकले  गरेको निर्णयानुसार उक्त सभा असार ३१ गते होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु 

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्नेछ । 

संस्थाले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् । धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ २०७६ पुस ३ गतेदेखि लघुवित्तको दोस्रोबजार कारोबार रोक्का छ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।