Like us!
Follow us!

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लाभांश पारित गर्न नेको इन्स्योरेन्सले डाक्यो वार्षिक सभा, बुकक्लोज कहिले ?

लगानी खबर, काठमाडौं - नेको इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ  । कम्पनीको संचालक  समितिको असार १० गते बसेको बैठकले गरेकोनिर्णयानुसार कम्पनीको २५ औं वार्षिक साधारण सभा असार ३१ गते कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।

सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस सेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60d55a859d1e5.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।