Like us!
Follow us!

जनरल इन्स्योरेन्सको स्थगित साधारणसभा असार २१ गते, के-के छन् एजेण्डा ?

जनरल इन्स्योरेन्सको स्थगित साधारणसभा असार २१ गते, के-के छन् एजेण्डा ?

लगानी खबर, काठमाडौं - जनरल इन्स्योरेन्स कम्पनीले स्थगित साधारण सभा आह्वान गरेको छ । कम्पनीको यसअघि बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । 

कम्पनीले स्थगित गरिएको सभा असार २१ गते सोमबार केन्द्रीय कार्यालय, हात्तिसार काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । यसअघि कम्पनीको तेस्रो वार्षिक साधारण सभा बैशाख २६ गते बोलाएको थियो ।

संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदनसहित वासलात नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणहरुमाथि छलफल गरी पारित गर्नुका साथै, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा पारित गर्नेछ ।

त्यसैगरी, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने भएको छ । 

साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम स्रयरधनीहरुले इन्स्योरेन्सको सभामा भाग लिन पाउनेछन् । 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60d551f227ac7.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।