Like us!
Follow us!

प्रिमियर इन्स्योरेन्सले राख्यो नागरिक लगानी कोषको सेयर लिलामीमा, मूल्य कति ?

प्रिमियर इन्स्योरेन्सले राख्यो नागरिक लगानी कोषको सेयर लिलामीमा, मूल्य कति ?

लगानी खबर, काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला गरेको छ। 

कम्पनीले कोषको रहेको १ लाख कित्ता संस्थापक सेयर लिलाम बढाबढ गरि बिक्री खुल्ला गरेको हो। 
लिलामी सेयरमा विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले आजदेखि असर १८ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्।

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १२ सय रुपैयाँ तोकिएको छ। त्यसैले, लगानीकर्ताहरुले सो वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। 

लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। 

बोलपत्र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंमा आइपुग्ने गरी पेश गर्नुपर्नेछ। 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :- 

60d53be71f4c8.jpg

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।