Like us!
Follow us!

सर्वोत्तम सिमेन्टको लाभांश पारित

सर्वोत्तम सिमेन्टको लाभांश पारित

लगानी खबर, काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको उक्त सभा काठमाडौंको तीनकुनेस्थित न्यौपाने टावरमा बिहिबार सम्पन्न भएको हो ।

विशेष साधारण सभामा आर्थिक वर्ष २०७७/७८ सम्मको मुनाफाबाट हालको चुक्ता पूँजीको १९.११८ प्रतिशत बराबरको बोनस सेयर र कर प्रयाेजनका लागि १.००६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी,सभामा हालको जारी तथा चुक्ता पूँजी वृद्धि गरी संस्थापक र सर्वसाधारण शेयरधनीहरु बीचको पूँजीको अनुपात मिलान गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशाेधन गर्ने प्रस्ताव पनि पारित गरेको छ । 

त्यसैगरी, विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको छ । कम्पनीको यसअघि गत वर्ष माघ ५ गते भएको दोस्रो वार्षिक साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरिसकेको छ। जसअनुसार कम्पनीले चुक्तापुँजीको १५ प्रतिशतले हुने कुल ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने निर्णय गरेको छ। 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।