Like us!
Follow us!

कोरोना विरुद्धको फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लूएचओ

कोरोना विरुद्धको फरक खोप लगाउँदा प्रभावकारी हुन्छ भन्ने आधार छैन : डब्लूएचओ

लगानी खबर, काठमाडौं - विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) नेपालले कोरोना भाइरस विरुद्धको पहिलो मात्रा अस्त्रजेनेका(कोभिसिल्ड) खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने आधार पुष्टि नभएको बताएको छ ।     
     
‘पहिलो मात्रा ‘एस्ट्राजेनेका (कोभिसिल्ड)’ खोप लगाएका व्यक्तिले दोस्रो मात्रा ‘भेरोसेल’ खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भन्ने भन्ने गलत समाचारप्रति डब्लूएचओ ध्यानआकर्षण गराउन चाहन्छ’, डब्लूएचओले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘डब्लूएचओले यस किसिमको कुनै पनि बयान जारी गरेको छैन र यो झूटो आरोप हो । यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्छ ।’    
     
डब्लूएचओले दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताका बारे सीमित तथ्याङ्क मात्र उपलब्ध भएको बताएको छ ।

विज्ञप्तिमा भिन्न किसिमका खोपको प्रयोग र प्रभावकारिताका विषयमा अध्ययनहरु भइरहेको र अस्त्रजेनेका(कोभिसिल्ड) खोपको साटो (दोस्रो मात्रामा) भेरोसेल खोप लगाउन मिल्छ भन्ने निस्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक रहेको बताइएको छ । रासस

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।