Like us!
Follow us!

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म ?

लगानी खबर, काठमाडौं - एनआईसी एशिया बैंकको ऋणपत्रमा आवेदन दिने समयावधि थप भएको छ । बैंकले असार ६ गतेदेखि बिक्री खुल्ला गरेको ‘८.५० प्रतिशत एनआईसी एशिया ऋणपत्र २०८८’ नामको उक्त ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको हो । अब उक्त ऋणपत्रमा असार २० गतेसम्म आवेदन दिन सकिने भएको छ ।

बैंकले ‘८.५५ एनआईसी एशिया डिबेञ्चर २०८७’ को नाममा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन बिक्री खुल्ला गरेको हो। जसमध्ये बैंकले सर्वसाधारणका लागि १२ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १८ लाख कित्ता बिक्री गर्नेछ ।  यस ऋणपत्रको व्याज वार्षिक रुपमा भुक्तानी गरिनेछ ।

बैंकको उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १५ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

एनआईसी एशिया बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट जेठ २० गते अनुमति पाएको हो । 

60d3ec535fe49.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।