लगानी खबर, काठमाडौं - राष्ट्रिय वाणीज्य बैंक लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ ।
बैंकले जेठ २५ गते मंगलबारबाट जेठ २८ गतेसम्म बिक्री खुल्ला गरेको '८.५% आरबीबीएल डिबेन्चर २०८३' नामको ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैयाँ मूल्य बराबरको २५ लाख कित्ता ऋणपत्र व्यवस्थापनका लागि ऋणपत्र रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त गरेको हो ।
अब उप्रान्त '८.५% आरबीबीएल डिबेन्चर २०८३' ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड मार्फत हुनेछ ।
बैंकले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।