Like us!
Follow us!

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

लगानी खबर, काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ ।

मूल्य वृद्धि भएसँगै पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ कायम भएको छ । 

त्यस्तै, निगमले हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन (अन्तरराष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ विक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलो लिटर कायम गर्ने निर्णय गरेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।