लगानी खबर, काठमाडौं - ऋणपत्र निष्काशनको अनुमति माग्दै सिभिल बैंक लिमिटेडले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको छ ।
बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डमा गत जेठ २४ गते निवेदन पेश गरेको हो ।
कूल ३० कित्ता ऋणपत्रमध्ये बैंकले १२ लाख कित्ता सर्वसाधारणको लागि बिक्री गर्नेछ भने १८ लाख कित्ता व्यक्तिगत तबरबाट विक्री गर्नेछ ।
बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । उक्त ऋणपत्रको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।
प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई
[email protected] मा पठाउनु होला।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो
फेसबुक पेजका साथै ट्वीटर र
युटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।