Like us!
Follow us!

एशियन लाईफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

एशियन लाईफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने अन्तिम मौका आज

लगानी खबर, काठमाडौं - एशियन लाईफ इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन गर्ने अन्तिम दिन आज (बुधवार) बैंकिङ समयसम्म रहेको छ । 

महालक्ष्मी विकास बैंकले आफ्नो स्वामित्वमा रहेको कम्पनीकाे एक लाख ६६ हजार ७ सय ५७ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलामीमा ल्याएको थियाे । उक्त सेयरकाे न्युनतम मूल्य ६ सय २८ रूपैयाँ ताेकिएकाे छ । त्यसैले लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ । 

लगानीकर्ताले उक्त सेयर न्युनतम एक सय कित्ता र अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।