Like us!
Follow us!

आदर्श लघुवित्तले आईपीओ निष्काशन गर्ने

आदर्श लघुवित्तले आईपीओ निष्काशन गर्ने

लगानी खबर, काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीको असार ८ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा असार ३१ गते कम्पनीको केन्द्रीय कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा बिहान ११ बजे सुरु हुनेछ ।

सभाले हाल कायम जारीपूँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको साधारण सेयर आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ । 

त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदनसहित वासलात नाफा-नोक्सान हिसाव, नगद प्रवाह विवरण लगायत एजेण्डामाथि छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।  

त्यसैगरी, सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धमा आवश्यक सम्पूर्ण कार्यहरु गर्नको लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।