Like us!
Follow us!

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

नेरुडे लघुवित्तको सेयर रजिष्ट्रार चयन

लगानी खबर, काठमाडौं - नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ ।

संस्थाले एक सुचना प्रकाशन गर्दै संस्थाको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई साउन १ गतेदेखि लागु हुनेगरी नियुक्त गरिएको जानकारी दिएको छ ।

अब उप्रान्त संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडमार्फत हुनेछ ।

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस् :-

60d298fe3c7b8.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।