Like us!
Follow us!

आईपीओ निष्काशन गर्न नेष्डो समृद्ध लघुवित्तले दियाे बोर्डमा निवेदन

आईपीओ निष्काशन गर्न नेष्डो समृद्ध लघुवित्तले दियाे बोर्डमा निवेदन

लगानी खबर, काठमाडौं -  नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्काशनको अनुमति माग्दै असार ६ गते सेबोनमा निवेदन पेश गरेको हो । 

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्काशन गर्नेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त भइसकेको छ। 

इक्रा नेपालले आईपीओ कम्पनीको आईपीओलाई  ‘इक्रा एनपी–आईआर) बीबी प्लस’ रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको देखाउँछ । 

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।