Like us!
Follow us!

मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

लगानी खबर, काठमाडौं - नियामक निकाय नेपाल धितोपत्र बोर्डले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई साधारण सेयर (आईपीओ) जारी गर्न अनुमति दिएको छ । बोर्डले असार ६ गते मनकामना स्मार्ट लघुवित्तलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न अनुमति माग्दै २०७७ फागु १४ गते बोर्डमा निवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले मनकामना स्मार्ट लघुवित्तको आइपीओलाई आइआर डबल बी माइनस रेटिङ दिएको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।