Like us!
Follow us!

सेयर बजारमा हरियाली छाउँदा यी ३२ कम्पनीका लगानीकर्ता मालामाल

सेयर बजारमा हरियाली छाउँदा यी ३२ कम्पनीका लगानीकर्ता मालामाल

लगानी खबर, काठमाडौं - सेयर बजारमा एक साता पछि पुनः रौनकता फर्किएको छ ।  आज (मंगलबार) सेयर बजारमा भारी वृद्धि देखिएको छ । यसअघि गत मंगलबारदेखि बजारले निरन्तर ओरालो यात्रा तय गरेको थियो । आज पनि फाइनान्स र हाइड्रोपावर समूहको सेयरमूल्यमा सबैभन्दा धेरै बढेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ७९.४३ अंकले बढेर २९१३.८४ बिन्दुमा पुगेको छ । आज नेप्से २.८० प्रतिशतले बढेको हो ।  त्यस्तै सेन्सेटिभ परिसूचक पनि १५.४७ अंकले बढेर ५३५.६१ बिन्दुमा पुगेको छ  ।

कूल २२५ कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँको कारोबार भएको छ ।  

आज ३२ वटा कम्पनीको सेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । जसमध्ये ६ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । अपि पावर कम्पनी, बरुण हाइड्रोपावर कम्पनी, हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट, ङादी ग्रुप पावर, पन्चकन्या माई हाइड्रोपावर र जानकी फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, राधी विद्युत कम्पनी, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, नेशनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनी, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, दिव्यश्वरी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, कालिका पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, बेष्ट फाइनान्स, शिव श्री हाइड्रोपावर, सिनर्जी पावर कम्पनी, सेन्ट्रल फाइनान्स कम्पनी, समृद्धि फाइनान्स कम्पनी, युनिभर्सल पावर कम्पनी, रिलायन्स फाइनान्स कम्पनी, यूनियन हाइड्रोपावर, माउन्टेन हाइड्रो नेपाल र प्रोगेशिभ फाइनान्स लगायत कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।