Like us!
Follow us!

जानकी फाइनान्सको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

जानकी फाइनान्सको सेयरमा सकारात्मक सर्किट, ८ कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा

लगानी खबर, काठमाडौं - सातापछि सेयर बजारमा पुनः रौनकता फर्किएको छ  । आज (मंगलबार) नेपाल स्टक एक्सचेन्ज नेप्से मा एक कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ, भने अन्य ८ कम्पनीको सेयर पनि सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको छ  ।

आज जानकी फाइनान्स कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ  ।

त्यसैगरी, ९ प्रतिशत भन्दा बढीले सेयरमूल्य बढ्ने अन्य कम्पनीहरुमा क्रमशः राधी विद्युत कम्पनी, घलेम्दी हाइड्रो, लिवर्टी इनर्जी कम्पनी, हिमालयन उर्जा विकास कम्पनी, जानकी फाइनान्स, नेशनल हाइड्रोपावर, छ्याङ्दी हाइड्रोपावर, आँखु खोला जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स,  हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी रहेका छन्  ।

यो समाचार तयार पर्दासम्म नेप्से परिसूचक ५७.५३ अंकले बढेर २८९१.९३ बिन्दुमा पुगेको छ  ।

60d1a0753b371.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।