Like us!
Follow us!

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सेयरधनीको हितग्राही खातामा

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश सेयरधनीको हितग्राही खातामा

लगानी खबर,  काठमाडौं - लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत नगद लाभांश सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । 

कम्पनीले बुकक्लोज मितिसम्म हितग्राही खाता आभौतिकिकरण गराएका सेयरधनीहरुको खातामा उक्त लाभांश जम्मा गरिदिएको हो र । त्यसपश्चात बैंक खाता अद्यावधिक गर्ने शेयरधनीको हकमा समेत बैंक खातामै लाभांश जम्मा गरिदिने कम्पनीले जनाएको छ । 
 
कम्पनीको जेठ २८ गते सम्पन्न १६औं वार्षिक साधारण सभाले ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । 

हालसम्म पनि आफ्नो सेयर अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराई समयमा नै नगद लाभांश प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।

60d18b0fd222d.JPG

प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटरयुटुबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।